२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सौराहाघाटमा २० घडियाल गोही प्राकृतिक वासस्थानमा पुनःस्थापना

शनिवार , पौष २६, २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी किनारस्थित सौराहाघाट क्षेत्रमा २० वटा घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा पुनःस्थापना गरिएको छ।

निकुञ्ज मुख्यालय कसरा स्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका ५ भाले र १५ पोथी गरी २० घडियाल गोहीलाई संरक्षण कार्यक्रमअन्तर्गत नदीमा छाडिएको निकुञ्जका सूचना तथा संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण, प्रजनन तथा प्राकृतिक संख्यामा वृद्धि गर्ने उद्देश्यले गोहीलाई चरणबद्ध रूपमा नदीमा पुनःस्थापना गरिएको निकुञ्जले जनाएको छ।

घडियाल गोही छाड्ने कार्यक्रममा निकुञ्जका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती, प्रमुख संरक्षण अधिकृत गणेश पन्त, नेपाली सेनाका गणपति शिवराम वस्यान्त, क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनाल, पर्यटन व्यवसायी वासु ढुंगानालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले घडियाल गोही नदी पारिस्थितिकी तन्त्रका महत्वपूर्ण सूचक प्रजाति भएको उल्लेख गर्दै यसको संरक्षणले जलचर जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने निकुञ्जका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेतीले बताए । यस्तै निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले घडियाल संरक्षण कार्यक्रमले चितवन क्षेत्रको पर्यावरणीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगामी दिनमा पनि घडियाल गोही संरक्षण तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिइने निकुञ्जले जनाएको छ। र हासम्म २१६२ वटा घडियाल गोही देशका विभिन्न नदीमा छोडिएको तथ्याङ्क निकुञ्जको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट