२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

हाँडीगाउँको प्राचीनता फर्काउन नौ करोड ५० लाखमा ५४ घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै

शनिवार , पौष २६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले नरःदे (हाँडीगाउँ)को प्राचीनता फर्काउन नौ करोड ५० लाखमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ ।

हाँडीगाउँको प्राचीनता नरःदे हो, यसको पुनःरुत्थानका लागि गुरुयोजनाबाटै काम गरिरहेको कामपाको भनाइ छ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रूपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन कामपा केन्द्र र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् वडा पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए ।

अध्यक्ष प्रजापतिका अनुसार यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहोडालाई मौलिकस्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको छ । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनःरुत्थान गरिनेछ ।

मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको ‘डिजाइन’ हो ।

किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौंदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतीयाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् ।

“यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो”, वडाध्यक्ष वीरेन्द्र प्रजापति भन्छन्, “हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो ।”

गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र डबली, न्याल्मलोंह र चौखटको चोक्ट्या नारायणको चोक कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट