२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दाङमा बस दुर्घटना, आठ जना घाइते

आइतवार , पौष २७, २०८२

दाङ । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट