कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई हराएको छ ।
बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० ले हराएको हो । पाराग्वेको जितमा सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।
पहिलो हाफमा एक गोलले अघि रहेको पाराग्वेले दोस्रो हाफमा अर्को गोल गरेको हो । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए ।
जितसँगै ३ खेलबाट ६ अंक जोड्दै पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । चिलीको भने ४ खेलबाट ५ अंक भएको छ ।