काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् ।
शुक्रबार महामन्त्री कोइराला निवास महाराजगञ्जमा तीन नेता छलफलमा जुटेका हुन् । उनीहरुबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै छलफललाई तिब्रता दिएका छन् । निधिले यसअघि सोमबार पनि कोइराला र सिंहसँग छलफल गरेका थिए ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने सहमति भएको छ ।