logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • विमलेन्द्र, शशांक र प्रकाशमानले भने, ‘सहमतिमै अघि बढ्छौँ’

    विमलेन्द्र, शशांक र प्रकाशमानले भने, ‘सहमतिमै अघि बढ्छौँ’

    1.6K
    Shares

    काठमाडाैं । नेपाल कांग्रेसमा सभापतिको आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् । महाधिवेशन केन्द्रित छलफलमा जुटका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।

    महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताए ।

    छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend