काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । फिफाले शुक्रबार जारी गरेको नयाँ वरीयतामा नेपाली महिला टिमले एक स्थान सुधार गरेको हो ।
योसँगै नेपाल एक सयौं स्थानमा उक्लिएको छ । पछिल्लो बरियतमा नेपाल १०१ औं स्थानमा थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ भने बंगलादेश १३७, श्रीलंका १४३, माल्दिभ्स १४४ र भुटान १६१ औं स्थानमा छन् ।
विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा छन् ।
नेपाली महिला फुटबल टिमले २०७६ मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
सागको स्वर्ण पदकको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।