आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

माइतिघर मण्डलामा दुर्घटना : एकको मृत्यु 

माइतिघर मण्डलामा दुर्घटना : एकको मृत्यु 

काठमाण्डौं । काठमाण्डौको माइतिघर मण्डला नजिक ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

राति थापाथलीबाट माइतिघर जाँदै गरेको ना ६ ख ३३ ०२ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२ ०२६ प ११ ८१ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ट्रकसँग ठोक्किएर लडेका मोटरसाइकल चालक दोलखाको तामाकोशी गाउँपालिका घर भइ काठमाण्डौ काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार रामेछापको गोकुलगंगा गाउँपालिका ४ घर भएका २३ वर्षीय कृष्ण खड्काको राष्ट्रीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  ट्रक सहित चालकलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend