आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

कृषि कर्ममा रमाउँदै पूर्व कृषि मन्त्री पद्मा अर्याल(तस्बिरहरु)

कृषि कर्ममा रमाउँदै पूर्व कृषि मन्त्री पद्मा अर्याल(तस्बिरहरु)

काठमाडौं । पूर्व कृषि मन्त्री पद्मा अर्याल पूर्व बनेको केही दिनमात्र भएको छ । यो केही दिन भित्र उनी आफ्नै गाउँले जीवन, करेसाबारी र खेतीपातीमा रमाएकी छिन् । सुनौलो नेपालको टिम स्याङ्जा वालिङस्थित उनको निवासमा पुग्दा उनी करेसाबारीमा भेटिइन् । करेसाबारीमा काम गर्दै उनीसँग हाम्रो टिमले केहीबेर अनौपचारिक कुराकानी पनि गर्यो । 

padhma-aryal-q.jpg

‘म त्यतिधेरै बजारले आकर्षित हुने व्यक्ति होइन, आफूले केही गरेर खाउँ भन्दा गरेर खाने ठाउँ भएकोले गाउँ मन पर्छ ।’ उनले कुराकानीका क्रममा भनिन् । 

मन्त्रालयको जिम्मेवारी सम्हाल्दा काठमाडौंको डेरामा रहेकी उनी गाउँ पुगेर जनतासँग भेट्दा फ्रेस हुने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘काठमाडौंको बसाईले दिक्क हुँदा यता आएर जनता भेटेपछि चंगा हुन्छु । मलाई अलिअलि भएको बिरामी पनि ठीक हुन्छ । म धेरै जनतासँग रमाउने मान्छे हो ।’

आफूलाई काठमाडौंले खासै आकर्षित नगर्ने बताउँदै उनले भनिन्, ‘मन्त्री पदबाट हटेपछि कतिखेर तल गाउँ जाउँ भएर तुरुन्तै आइहालेँ ।’

padhma-aryal-44.jpg

पछिल्लो समय सहरको बसाईले दिक्क भएका व्यक्तिहरु फुर्सदमा गाउँ गइहाल्ने क्रम बढी देखिएको उनको अनुमान छ । ‘गाउँको बसाई भनेको स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो । ’ तर अझै पनि गाउँ कृषिमैत्री बन्न नसकेकोमा भने उनको दुखेसो छ । परम्परागत शैलीले खेतिपाती गर्दा जीविकोपार्जनमा समस्या भएको उनी बताउँछिन् । 

padhma-aryal-5.jpg

मन्त्री पदमा रहेर उनले पाँच महिना ११ दिन कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारपछि पद्मा अर्यालको पनि मन्त्री पद गुमेको हो । उनको ठाउँमा जसपाका ज्वालाकुमारी साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

padhma-aryal-3.jpg

यद्यपी, असार ८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भनी बदर गरिदिएको छ ।

padhma-aryal.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend