आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

मनाङका चारमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित

मनाङका चारमध्ये तीन विद्यालय बाढी पहिरोबाट प्रभावित

मनाङ : मनाङका चारमध्ये तीन माध्यमिक विद्यालय बाढी पहिरोबाट प्रभावित भएको छ । बाढीले विद्यालयमा क्षती गरेपछि अभिभावक, शिक्षक र विद्यार्थी चिन्तामा परेका छन् । 
 
सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन मस्र्याङ्दी नदीको कटानले जोखिममा पुगेको छ । मस्र्याङ्दी नदीमाथिको पक्की पुलले नदीको धार परिवर्तन हुँदा विद्यालयको भवनतर्फ कटान गरी भवन जोखिममा छ । यी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कहिलेदेखि अध्ययन शुरु हुने हो भन्ने चिन्ता थपिएको छ । 

यस्तै नासों गाउँपालिका-१ तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा मस्र्याङ्दीको बाढी पसेको छ । गाउँ नै डुबानमा रहेकाले विद्यालय जोगिन सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जिल्लामा भएको चार माध्यमिक विद्यालयमध्ये एउटामा मात्रै बाढी पहिराले क्षति नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण योगीले जानकारी दिए । 

विद्यालयको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने उनले बताए । संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि नै अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ । मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend