आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

काठमाडाैंसहित यी जिल्लामा बाढीकाे खतरा,सतर्क रहन आग्रह 

काठमाडाैंसहित यी जिल्लामा बाढीकाे खतरा,सतर्क रहन आग्रह 

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंलगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ ।

शनिबार प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को बारा, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी, लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले गरेको शनिबार बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ । महाशाखाले आज दिउँसो नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न सक्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राप्ती र बबई नदीमा बहाव सामान्य रहनेछ भने कन्काई, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक, मध्यम र भारी वर्षाका कारण बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी नदी क्षेत्रका केही स–साना नदीमा आकस्मिक बहाव बढ्ने र सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend