बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

नब्याउँदै गाईले दूध दिन थालेपछि सबैजना दङ्ग

नब्याउँदै गाईले दूध दिन थालेपछि सबैजना दङ्ग

कास्की । पोखरा महानगरपालिका- २१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले ६ महिनाअघिदेखि नै दूध दिन थालेपछि दङ्ग छन् । गाईले नब्याउँदै दूध दिन थालेको हो ।

कात्तिकमा ब्याउनुपर्ने गाईको थुनबाट जेठ २६ गते राति एकाएक आफैँ दूध झरेको  देख्दा पौडेल अचम्मित भए ।

साढे दुई वर्षको मिनिजर्सीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/दुई लिटरका दरले दूध दिन थालेपछि गाई हेर्न छिमेकीहरू उनको घरमा पुग्न थालेका छन् । ‘दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ,’ पौडेलले भने ।

गाई नब्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणले यस्ता दुर्लभ घटना हुने बताउँछन् । ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो,’ तिमिल्सिनाले भने, ‘यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।’

नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल र उनकी श्रीमती सीतालाई गाई हेर्न आउनेलाई गाईबारे बताउन भ्याइनभ्याइ छ । रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend