आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

जनक शिक्षाले नै टेरेन शिक्षामन्त्रीको आदेश

जनक शिक्षाले नै टेरेन शिक्षामन्त्रीको आदेश

काठमाडाैं । सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले सरकारकाे आग्रह अवज्ञा गरेको छ । गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई स
सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको हो । 

नयाँ शैक्षिक सत्र सुरु भएपछि पुस्तक खरिद गरेका विद्यार्थी अभिभावकको हातमा पुरानै नक्सा भएको पुस्तक परिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकमा भएको त्रुटी हटाएर नयाँ पुस्तक वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री श्रेष्ठले यसअघि नै पुराना नक्सा प्रकाशित भएकाे पुस्तक जफत गरिने र यस्ता पुस्तक बिक्री गरेमा कारबाही गरिने बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend