आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

काठमाडाैं । सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् ।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएकी हुन् ।

उनले ती अनलाइनहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्‍याएकाे र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै उनले साइबर अपराधअन्तर्गत कारबाहीको माग गरेकी छन् ।

जातका कारण कोठा निदिएको भन्दै घरबेटीविरुद्ध उजुरी दिएर जातीय दुर्व्यवहारकाे विरोधमा उत्रँदा ती अनलाइनहरुले आफूमाथि कसैबाट परिचिालित भन्दै भ्रामक समाचार लेखेको दाबी उनले गरेकी छन् । एक अनलाइनले युरोपियन युनियन (ईयु) बाट डेढ करोड रुपैयाँ खाएको आरोप लगाएको उनले बताएकी छन् ।

उनले दिएकाे उजुरीमा उल्लेख छ, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend