आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

युरोकप : अतिरिक्त समयमा अष्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा

युरोकप : अतिरिक्त समयमा अष्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा

काठमाडौं । अष्ट्रियालाई पराजित गर्दै इटली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।  इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका चिसाले ९५ औं मिनेटमा इटालीलाई १(० गोलको सुरुवाती अग्रता दिलाए ।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend