बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

अहिलेकै गतिमा लक्षित ७२ प्रतिशत वर्गलाई खोप लगाउन १२ वर्ष लाग्ने !

अहिलेकै गतिमा लक्षित ७२ प्रतिशत वर्गलाई खोप लगाउन १२ वर्ष लाग्ने !

काठमाडौं । सरकारले निर्धारण गरेको ७२ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउन यति गतिमा १२ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । खोप ल्याउन ढिलाइ भइरहेका बेला यो आँकलन आएको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । 

नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् । १ सय ५५ दिनमा २.५५ प्रतिशतले खोप लगाए भने ७२ प्रतिशतले पूर्ण खोप लगाउन १२ वर्ष लाग्ने हिसाब निस्कन्छ ।

यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा। जीडी ठाकुरले बताए । 

नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीले सरकारलाई १८ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिडविरुद्घको खोप लगाउनुपर्ने सुझाव दिएको थियो । उक्त सुझावअनुसारै सरकारले पछिल्लो समय बालबालिकाका लागि खोप उपलब्ध नरहेको अवस्थामा १८ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend