
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा लोकतन्त्रका लागि हाम्रो अभियान “नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो” अन्तर्गतको अन्तरसम्बाद कार्यक्रम शनिवार लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाली कांग्रेसका पुर्व उप-प्रधानमन्त्री एवं उपसभापति विजय कुमार गच्छदार विशेष वक्ताको रुपमा पुर्वमन्त्री केन्द्रिय सदस्य एवं प्रमुख सचेतक माननीय बालकृष्ण खाण विशेष वक्ताको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी लुम्बिनी प्रदेश सभा सदस्यहरु त्यसैगरी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सबै जिल्ला सभापतिहरु महिला संघका नेताहरु सहित तीन सय भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बक्ताहरुले नेपाली कांग्रेस लोकतन्त्रको रक्षक, जनताको भावनामा बुझ्ने पार्टी भएकै कारण काङ्ग्रेससंग जनताको बिशेष सम्बन्ध र आत्मियता रहेको बताए।
आगामी भदौमा गर्ने भनिएको महाधिबेशन जसरी पनि गर्नुपर्ने बाध्यता नेपाली काङ्ग्रेस संग रहेको भन्दै उनीहरुले देश एकातिर कोभिड महामारी अर्कोतिर बर्षायाम आएको भएपनि कांग्रेस हरेक कठिन परिस्थितिमा सफल हुदैँ आएको पार्टी भएका कारण अहिले पनि सफल हुने बिश्वास व्यक्त गरे ।
यस कार्यक्रमका संयोजक एवं यस अभियानका अभियानकर्ता काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाले सफलता पुर्वक १४ औं महाधिबेशन सम्पन्न गरेर नेपाली कांग्रेसलाई अबको निर्वाचन मार्फत दुई तिहाईको नेतृत्व गर्ने अवसर आएको बताइन।
कार्यक्रम दाङ जिल्ला नेपाल महिला संघका संस्थापक अध्यक्ष बिमला योगीले संचालन गरेका थिए। कार्यक्रमको नेपाली काग्रेसका जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्केले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend