आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमाले स्थायी कमिटी बैठक बस्दै 

एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । 

९ बजे बालुवाटारमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।

विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । सोही विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend