आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिने

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीले बहस गर्ने समय आज सकिँदैछ ।

रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए। संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस १२ घण्टा समय तोकेको थियो । 

संवैधानिक इजलासमार्फ भइरहेको सुरुवाती बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानुन व्यवसायीहरूले सुरुवाती बहस गर्नेछन्। 

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।  संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend