
कास्की : गण्डकी प्रदेशका दुई मन्त्रीको कार्यविभाजन भएकाे छ । मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत जेठ २९ गते गठित मन्त्रीपरिषद्का चार मध्ये दुई सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
मन्त्री कुमार खड्का र मधुमाया अधिकारी गुरुङलाई मन्त्रालयको जिम्मेवारी तोकिएपनि राजिव गुरुङ (दिपक मनाङ्गे) र हरिशरण आचार्यलाई भने अझैपनि मन्त्रालय तोकिएको छैन ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुरुङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend