
विराटनगर । सुनसरीमा माइक्रोले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
आइतबार बिहान कोशी गाउँपालिका ८ नङ्खुमा हायस माइक्रोले पिकअप र मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार बिराटनगर ९ का ४५ बर्षीय रामप्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जनाकै जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाबाट घाईते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवश तामाङ् र सहचालक २५ बर्षीय नारायण बस्यालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । पूर्वबाठ पश्चिम भइरहेको बा ३ ख ७२२४ नम्बरको माइक्रोले विपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि मोटरसाइकल, माइक्रो र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend