
काठमाडौं । नेपालमा थप ३ हजार बढी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।
गएको २४ घण्टामा देशभर ३ हजार ७ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।
यस्तै २४ घण्टामा १९ सय २० जनामा कोरोना पुष्टि भएको छ । ६ हजार जनाको पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १९ सय २० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकमा मात्रै ४२४ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ७७७ जना पुगेको छ । जसमध्ये ५ लाख ८४ हजार ३३४ जना निको भएका हुन् ।
यस्तै २४ घण्टामा ३४ जनाको कोरोनाले मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाले मर्नेको संख्या ९ हजार ९ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend