बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, ५ लाख ८४ हजार निकाे

कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, ५ लाख ८४ हजार निकाे

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । २४ घण्टामा ३४ जनाको कोरोनाले मृत्यु भएसँगै कोरोनाले मर्नेको संख्या ९ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमण जित्नेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । यस्तै २४ घण्टामा १९ सय २० जनामा कोरोना पुष्टि भएको छ । ६ हजार जनाको पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १९ सय २० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकमा मात्रै ४२४ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ७७७ जना पुगेको छ । जसमध्ये ५ लाख ८४ हजार ३३४ जना निको भएका हुन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend