
काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक गाडी चलाउन दिने बारे छलफल भएको छ ।
उपत्काका तीनै जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक गाडी चलाउन दिने बारे छलफल भएको हो ।
गाडी चलाउन दिन कुन मोडालिटीमा जान सकिन्छ भन्ने बारेमा छलफल भएको स्रोतले बताएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यसबारेमा थप निर्णय गर्नेछ ।
अघिल्लो हप्तादेखि निजी सवारीसाधनमा जोर विजोर प्रणाली लागु भइसकेको छ भने पसल पनि बार अनुसार खुल्न थालेका छन् । यसले बजारमा चहलपहल बढिसकेको भन्दै यातायात व्यवसायीले सार्वजनिक गाडी चलाउन सरकारलाई दबाब दिँदै आएकाे छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend