आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

राज्यपक्षले इमान्दारीपूर्वक सहमति कार्यान्वयन गरेन : माइला लामा

राज्यपक्षले इमान्दारीपूर्वक सहमति कार्यान्वयन गरेन : माइला लामा

काठमाडौं । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले तीन बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । 

गत फागुन २१ गते सरकारसंग भएको तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार भएर कार्यान्वयन गरिरहेको भएपनि राज्यले आफ्नो भूमिकालाई कार्यान्वयन नगरेको उनको भनाइ छ । उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिक दुखी भएको बताए ।

तीन बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको उनको गुनासो छ । नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाण्डौले आइतबार गरेको रक्तदान कार्यक्रममा लामाले राज्य आफूले गरेको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

‘राष्ट्रिय राजनीतिमा निरासा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ठ छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशिल सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद मार्फत नागरिकमा छाएको निरासालाई हल गर्ने र एकपटक नेपाली जनता आफैले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ’, उनले भने, ‘तर दुर्रभाग्य हाम्रा ३ बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिपवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गईरहेकै छ तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी छन् । यो पाटोमा राज्यले आफुलाई समयमा नै इमान्दारीता पूर्वक उभ्याओस् ।’

रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend