
खोटाङ । खोटाङमा आफ्नै बुबाको हत्या आरोपमा छाेरा पक्राउ परेका छन् ।
आइतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बेँसीटोलका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या आरोपमा उनकै छोरा सुवर्णलाई प्रहरीले पक्राउ गरेको हो ।
बुबाको हत्या आरोपमा ३७ वर्षीय सुवर्णलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । उनका अनुसार घटनाको कारण भने खुलेको छैन ।
डाँका र हातहरियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले बुबाको हत्या गरेको आरोप लागेको हो । चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend