
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि विपक्षीका तर्फबाट बहस सुरु हुनेछ । प्रारम्भमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ ।
सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थी तर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ ।
तर, समय व्यवस्थापनमा सरकारी वकिल र सभामुख अग्नि सापकोटाका निजी कानुन व्यवसायीबीच विवाद देखिएको छ । सभामुखका कानुन व्यवसायीले आधा समय नै माग गरे पनि महान्यायाधिवक्ताले उक्त समय नदिने इजलासमै बताएका थिए ।
यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता रमेश बडालले गर्दै छन् । यस्तै पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै छन् । साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षामा आउनेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend