बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

इक्वेडरसँग बराबरीमा राेकियाे ब्राजिल, बाहिरियाे भेनेजुएला 

इक्वेडरसँग बराबरीमा राेकियाे ब्राजिल, बाहिरियाे भेनेजुएला 

काठमाडाैं । कोपा अमेरिकाको समूह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । समूह ‘बी’ अन्तर्गतको इक्वेडरसँगकाे खेलमा ब्राजिल १-१ गोलको बराबरीमा राेकिएकाे हाे । 

बराबरीपछि इक्वेइडर अन्तिम आठमा पुगेको छ । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकालेर अन्तिम आठमा पुगेको थियो । 

साेमबार बिहान सकिएको खेलमा ब्राजिलले पहिले अग्रता लिएकाे थियाे । उसका लागि इडर मिलिटाओले गोल गरेका थिए । तर ५३ औँ मिनेटमा इक्वेडरका लागि एन्जल मेनाले गाेल बराबरीमा फर्काए । 

यस्तै, समूहको अर्को खेलमा पेरुले भेनेजुएलामाथि १-० गोलकाे जित हात पार्न सफल बन्याे । हारपछि भेनेजुएला समूह चरणबाट बाहिरियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend