बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

डाेटीकाे जाेरायलमा भेटियाे आकर्षक ढुंगा, स्थानीयले थाले पूजाआजा 

डाेटीकाे जाेरायलमा भेटियाे आकर्षक ढुंगा, स्थानीयले थाले पूजाआजा 

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ३ चन्कट्टेमा आकर्षक बुट्टेदार प्राचीन ढुङ्गा भेटिएको छ ।

स्थानीय तटबन्ध योजनाका लागि डोजर चलाएर ढुङ्गा निकाल्ने क्रममा उक्त ढुङ्गा फेला परेको हो । गाेलो आकार रहेको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् ।

उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् । उक्त ढुङ्गाको एकापट्टीको भाग भने निकाल्ने क्रममा फुटेको छ ।

उक्त ढुङ्गा भेटिएपछि आश्चर्य सहित हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेको स्थानीयले बताएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend