काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधामनमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाललाई प्रधानमन्त्रीमा अफर गरेकाे भन्ने कुरा झुठाे भएकाे स्पष्ट गरेका छन् । बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरे ।
केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताएका थिए ।
नेपालकाे उक्त अभिव्यक्तिकाे प्रतिक्रियामा ओलीले भने, ‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो । मलाई बौलाहा कुकुरले टोकेको छ र ? यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? एक ढंगले प्रचण्डको पुछार हुन् ।’
ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका छन् ।