
काठमाडौं । कोभिड-१९ रोगका लागि प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधिको उत्पादन स्वदेशमै गर्न नेसनल हेल्थ केयरले अनुमति पाएसँगै उत्पादन शुरु हुने भएको छ ।
आइतबार एक विज्ञप्ति सार्वजनिक गरी कम्पनीले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरले रेमडिसिभिर औषधिको उत्पादन सुरु गरेको र उत्पादित औषधि बिक्री वितरणका लागि बजारमा समेत पुगिसकेको जनाएको छ ।
गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति भएको यस कम्पनीले आइतबार मात्र बजारमा बिक्री वितरणका लागि अनुमति पाएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend