आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा प्रवेश

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । युरोकप २०२० अन्तर्गत सोमबार राति भएको खेलमा तीन पटकको च्याम्पियन स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कोपनहेगनमा भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले  क्वाटरफाइनलमा स्थान बनाएको हो ।

क्रोएसियाले खेलको २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएपनि हार बेहोर्नु पर्यो । स्पेनको जितका लागि पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

एक गोल उपहार पाएको क्रोएसियाका लागि मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोलको योगदा गरे । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १९१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।

८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३९२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

एजेन्सी । युरोकप २०२० अन्तर्गत सोमबार राति भएको खेलमा तीन पटकको च्याम्पियन स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कोपनहेगनमा भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५९३ गोल अन्तरले पराजित गर्दै स्पेनले  क्वाटरफाइनलमा स्थान बनाएको हो ।

क्रोएसियाले खेलको २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएपनि हार बेहोर्नु पर्यो । स्पेनको जितका लागि पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

एक गोल उपहार पाएको क्रोएसियाका लागि मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोलको योगदा गरे । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३९१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।

८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend