शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन, यातायात व्यवसायीद्वारा निर्णय सच्याउन माग

उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन, यातायात व्यवसायीद्वारा निर्णय सच्याउन माग

काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा आजदेखि लागू हुँदैछ । सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । 

आजदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

नयाँ निर्णयपछि अब जोर-बिजोर प्रणालीमा आजदेखि सार्वजनिक यातायात पनि चल्ने भएका छन् । उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस मात्र चलाउन पाइनेछ । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने सार्वजनिक यातायातमा जोर विजोर प्रणाली लागू गरिएको छ । 

कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ । 

तर, यातायात व्यवसायी सङ्घसङ्गठनले सिट सङ्ख्या तोक्नु र जोर–बिजोर प्रणालीमा चलाउनु अव्यावहारिक भएको प्रतिक्रिया दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातयात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालयका निर्णय सच्याउन माग गरेका छन् । निर्णय नसच्याए आफूहरूले अवज्ञा गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend