आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, १ जना घाइते 

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, १ जना घाइते 

वीरगन्ज । पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मंगलबार बिहानै भैंसी चराउन गएका पर्साको सखुवाप्रसौनी गाउँपालिका ४ देवरबानाका ५५ वर्षिय रघुवीर यादव र पटेर्वासुगौली गाउँपालिका १ गदियानीका २७ वर्षिय रुस्लान गदीको चटयााङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

गदीसंगै भैंसी चराउन गएका राजवली गदी घाइते भएका छन् । घाइते राजवलीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै धान रोप्न गएका पर्साकै जीराभवानी गाउँपालिका ३ जितपुरकी ५० वर्षिया असतुरनीदेवी थरुनीको मृत्यु भएको छ । रामसोगारत महत्तोको खेतमा धान रोप्न गएकी थरुनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । 

तीन जनाकै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend