बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गर्ने डाक्टर बने टेकु अस्पतालका निर्देशक

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गर्ने डाक्टर बने टेकु अस्पतालका निर्देशक

काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गर्ने डाक्टर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशक नियुक्त भएका छन् ।

टेकु अस्पतालमा प्रमुख कन्सल्ट्यान्टका रुपमा कार्यरत डा. अनुप बास्तोला निर्देशकमा नियुक्त भएका हुन् । उनले सुरुदेखि नै कोरोना संक्रमितको उपचार गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक २०७६ माघ १० गते एक युवकका कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । डा. बासतोला, ति युवकको उपचारमा संलग्न भएका थिए । अहिले पनि टेकु अस्पतालमा डा. बास्तोलाकै नेतृत्वमा कोरोना संक्रमितको उपचार चलिरहेको छ । 

अहिलेका निर्देशक डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि बासतोलालाई सोमबार निर्देशक नियुक्त गरिएको हो । 

कास्कीमा जन्मिएका डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०बाट छाला तथा यौन रोगमा एमडी गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend