बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

सम्पादकसँग छलफल गर्दै सभामुख सापकोटा

सम्पादकसँग छलफल गर्दै सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संचारमाध्यमका सम्पादकसँग छलफल गर्दैछन् ।

उनले दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनको लोत्से हलमा मुलधारका संचारमाध्यमका सम्पादकसँग छलफल गर्न लागेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रममा छलफल केन्द्रित हुने सापकोटाका प्रेस विज्ञ श्रीधर न्याैपानेले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेर चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका छन् । 

उनले राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमलाई असंवैधानिक बताउँदै आएका छन् । 

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई भइरहेका बेला सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका छन् । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend