
काठमाडौं । सरकारले सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाइ मात्रै कोभिड-१९ अस्पताल घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना निकालेर अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्रै कोभिड-१९ अस्पतालका रुपमा तोकिएको जानकारी दिए ।
उनले कोभिड-१९ उपचारका लागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालको सम्झौता रद्द गरेको बताए । तर सोमबारसम्म भर्ना भएका कोरोना संक्रमितको १० दिनसम्मको सोधभर्ना भने सरकारले उपलब्ध गराउने निर्णय भएको सूचनामा उल्लेख छ ।
सम्झौता रद्द भएकाले तोकिएको दररेटभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजलाई अनुरोध गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend