बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

कांग्रेस महाधिवेशनको चटारो : निधि, कोइराला र सिंह छलफलमा

कांग्रेस महाधिवेशनको चटारो : निधि, कोइराला र सिंह छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले केहीदिनयता छलफललाई तीव्रता दिएका छन् । 

त्यही क्रममा निधि, कोइराला र सिंह मंगलबार पनि छलफलमा बसेका छन् । यसअघि कोइराला र निधि निवासमा छलफलमा जुटेका तीन नेता मंगलबार ठमेलको चाक्सीबारीस्थित सिंह निवास पुगेका हुन् । 

उनीहरुबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ । निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले फेरि पनि सभापतिमा उठ्ने बताएपछि तीन नेताले देउवाविरुद्ध गठबन्धनको प्रयास गरिराखेका छन् ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने सहमति भएको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend