बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

कोपा अमेरिकाको क्वार्टरफाइनल काे–काे भिड्दैछन् ? (तालिकासहित)

कोपा अमेरिकाको क्वार्टरफाइनल काे–काे भिड्दैछन् ? (तालिकासहित)

काठमाडाैं । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । 

समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे  र चिली अन्तिम आठमा पुगेका छन् भने समूह ‘बी’ बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान बनाइसकेका छन् । 

अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ । दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन् । उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन् । 

यस्ताे छ नेपाली समयअनुसार तालिका :

३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २:४५ बजे

३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली  – विहान ५:४५ बजे

४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३:४५ बजे

४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६:४५ बजे 

सेमिफाइनल :

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे

तेस्रो स्थान :

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे

फाइनल :

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend