logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विज्ञ भन्छन्,‘ग्यारेजमा थन्किएका गाडी सामान्य मर्मत बिना चलाउन हुन्न’

    विज्ञ भन्छन्,‘ग्यारेजमा थन्किएका गाडी सामान्य मर्मत बिना चलाउन हुन्न’

    9K
    Shares

    काठमाडौं । लामो समयदेखि ग्यारेजमा थन्किएका गाडी सामान्य मर्मत बिना नचलाउन अटोमोबाईल व्यवसायीले आग्रह गरेका छन् ।

    अटोमोबाईल व्यवसायी मधुसुधन सिग्देलले मेसिनरी सामान संञ्चालन नगरी थन्काएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था परीक्षण गराएर मात्रै बाहिर निकाल्न सुझाव दिएका हुन् । 

    ‘लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिन सक्छ’, उनले भने, ‘यसले परीक्षण नगरी सडकमा ल्याउँदा दुर्घटना हुनसक्छ ।’

    उनले सबैलाई आ-आफ्ना सवारीसाधनको सामान्य परीक्षण गराउन अनुरोध गरे । 

    कोरोना भाइरसको संक्रमण थप फैलन नदिन गरिएको निषेधाज्ञाका कारण दुई महिना ग्यारेजमा थन्किएका सार्वजनिक सवारी साधन मंगलबारदेखि गुड्न थालेपछि उनले यस्तो बताएका हुन् । गत बैशाख १६ देखि निषेधाज्ञा जारी भएसँगै ग्यारेजमा थन्किएका ठूला सवारीसाधन मंगलबार गुडेका हुन् । तर गाडीको सामान्य परीक्षण समेत नगराइ गुडाएको पाइएको छ । 

    यसैबीच जोरबिजोर प्रणाली अनुसार गाडी चलाएपनि यात्रु नपाएको चालकले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्दै २५ सिट क्षमताभन्दा बढीका गाडीलाई चलाउन दिने निर्णय गरेको हो । तर सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी इन्धनकै मूल्य पनि नपाएको उनीहरुको गुनासो छ ।

    काठमाण्डौं महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउन निकै कम समय दिएको उनीहरुको गुनासो छ । उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए । २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात संचलनको लागि अनुमति दिएपछि २५ सिटभन्दा कम क्षमताको गाडीलाई भने चलाउन दिइएको छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend