आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

भारतमा घट्न थाले काेराेना भाइसरका संक्रमित, बेलायतमा संक्रमण पुन: तीव्र 

भारतमा घट्न थाले काेराेना भाइसरका संक्रमित, बेलायतमा संक्रमण पुन: तीव्र 

काठमाडाैं । भारतमा १०२ दिनपछि सबैभन्दा कम कोराेना संक्रमितको पहिचान भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ३७ हजार ५६६ जनामा संक्रमण देखिएको हो। 

भारतमा कूल संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार ८९७ पुगेको छ ।

यस्तै,  ५६ हजार ९९४ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ५२ हजार ६५९ पुगेको छ ।

भारतमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९०७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६३७ पुगेको छ ।

भारतमा काेराेना संक्रमित घटिरहेकाे बेलामा बेलायतमा संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झण्डै ७० प्रतिशतले बढेको हो ।

साेमबार २४ घण्टाको अवधिमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ३० पछिको सबैभन्दा बढी हो । 

कोरोना महामारी नियन्त्रणका लागि पटक–पटक थपिएको लकडाउनका बीच पनि संक्रमण दर नघटेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने बेलायत सरकारको तयारी छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend