logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाको तेस्रो लहरबाट जोगिन बाँकेमा पूर्वतयारी 

    कोरोनाको तेस्रो लहरबाट जोगिन बाँकेमा पूर्वतयारी 

    3.7K
    Shares

    बाँके । कोरोना भाइरसको संक्रमण तेस्रो लहरमा फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारी थालेका छन् ।

    बाँकेमा लुम्बिनी प्रदेशका मात्र नभइ कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी समेत आउँने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अघि नै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको हो । 

    उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पतालसमेतका नाममा अन्तरिम आदेश दिएको थियो । 

    यस्तै कोरोनाको दोस्रो लहरमा झण्डै एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए । 

    कोभिड अस्पतालका संयोजकसमेत रहेका उनले कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको बताए। १ सय ३० शय्याको अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएपछि तत्कालका लागि कोभिड वार्ड बन्द गरेर तेस्रो लहरको पूर्वतयारीमा लागेको उनले जानकारी दिए । 

    अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएको छ । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले अस्पतालले त्यही अनुसार पूर्वतयारी थालेका हुन् । 

    दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएको भन्दै पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ ।

    कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा श्रेष्ठको भनाइ छ । कोरोनाको तेस्रो लहरमा बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा जुटेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend