
काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
निगम र विभागबीच आउँदो बिहीबार (जुलाइ १) देखि अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । अब सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा निगम मार्फत सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।
यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराईरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ जोगिने भन्दै निगमले देशभित्रै विदेशी मुद्रा सञ्चितमा सहयोग पुग्ने विश्वास लिएको छ ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend