आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एमालेकाे बैठकमा बाेलाइयाे नेपालसहित ११ जनाबाहेक अन्य नेतालाई 

एमालेकाे बैठकमा बाेलाइयाे नेपालसहित ११ जनाबाहेक अन्य नेतालाई 

काठमाडाैं । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ११ जनाबाहेक अन्य नेताहरुलाई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा बाेलाइएकाे छ ।

महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बिहान ११ बजेका लागि बाेलाइएकाे केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले बैठकमा एमालेकाे कारबाहीमा परेका नेपालसहित ११ जना बाहेक अन्यलाई बैठकमा बाेलाइएकाे पनि बताए । 

अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानलाई पार्टीबाट निष्कासन गरेका थिए ।

कारबाहीमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइएको छ । यो बैठकमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी भइरहेकाे बताइएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend