
काठमाडौं । नेपालमा थप ४३ सय जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । गत २४ घण्टामा ४३ सय ४८ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ ।
यस्तै २४ घण्टामा २६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । ७२ सय ५९ जनाको पीसीआर गर्दा १७ सय २८ जना र ४४ सय ८९ को एन्टिजेन परीक्षण गर्दा ९०८ गरेर २६ सय ३६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ ।
अहिलेसम्म ३३ लाख ३६ हजार ९४६ को पीसीआर गरिएको छ । जसमध्ये ६ लाख ३६ हजार ९ सय १६ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै एक लाख ८४ हजार ४३० जनाको एन्टिजेन परीक्षण गर्दा ३३ हजार ९ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये ६० दशमलव ७० प्रतिशत अर्थात ३ लाख ८६ हजार ६२५ जना पुरुष हुन् भने ३९ दशमलव ३० प्रतिशत अर्थात २ लाख ५० हजार २९१ महिला हुन् ।
यस्तै २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाले मर्नेको संख्या ९ हजार ७१ पुगेको छ ।
नेपालमा अहिलेसम्म २५ लाख ९९ हजार ५५३ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका र ७ लाख ५४ हजार ५ सय ४२ जनाले खोपको दोस्रो मात्रा पनि लगाइसकेका मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend