बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

पहिलो डोज खोप लगाएका झण्डै २६ लाखमध्ये ७ लाखले मात्र पाए दोस्रो डोज !

पहिलो डोज खोप लगाएका झण्डै २६ लाखमध्ये ७ लाखले मात्र पाए दोस्रो डोज !

काठमाडौं । नेपालमा झण्डै २६ लाखले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोपको पहिलो डोज पाएका छन् । 

अहिलेसम्म २५ लाख ९९ हजार ५५३ जनालाई खोपको पहिलो डोज दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर ७ लाख ५४ हजार ५ सय ४२ जनाले मात्रै खोपको दोस्रो डोज पाएका छन् । 

नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुँदैन । विश्वभर संक्रमण फैलिरहेकै अवस्थामा खोपको लागि अरु देशको भर पर्नुपर्दा समस्या भएको हो । 

नेपालमा अहिलेसम्म ३३ लाख ३६ हजार ९४६ को पीसीआर गरिएको छ । जसमध्ये ६ लाख ३६ हजार ९ सय १६ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै एक लाख ८४ हजार ४३० जनाको एन्टिजेन परीक्षण गर्दा ३३ हजार ९ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा ६ सय ३६ जनामा संक्रमण पुष्टि हुँदा ४३ सय ४८ जना निको भएका छन् । २० जना संक्रमितको भने मृत्यु भएको छ । 

योसँगै नेपालमा ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि हुँदा ५ लाख ९२ हजार ५ सय ३५ जनाले संक्रमण जितेका छन् । ९ हजार ७१ जनाको भने मृत्यु भएको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend