
काठमाडौं । टर्कीले नेपालसहित ६ देशबाट हुने सिधा उडानमा रोक लगाएको छ ।
कोरोनाको डेल्टा भाइरसको संक्रमण फैलन नदिने भन्दै टर्की सरकारले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।
अरु देशबाट आएपनि यी देशमा १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट र १४ दिन अनिवार्य क्वारेन्टिन बस्ने गरि टर्की प्रवेश गर्न दिने निर्णय भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
पाकिस्तान र अफगानिस्थानबाट टर्की पुगेका यात्रुलाई भने १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको छ । बेलायत, इरान, इजिप्ट र सिंगापुरबाट टर्की जाने यात्रुले भने ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट लैजानुपर्नेछ ।
नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना भाइरसको संक्रमण कम भएको भन्दै अन्तराष्ट्रिय उडानका प्रतिबन्ध खुकुलो बनाउने निर्णय गर्दै टर्कीलाई पनि उडान अनुमति दिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend