आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा प्रवेश

स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एकरएक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २(१ को महत्वपूर्ण जित दिलाए ।

अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १-१ को बराबरीमा ल्याए । उनले इसाकको पासमा गोल गरे ।

यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए । युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ ।

युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend