आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, कारबाहीमा परेका ११ जनाबाहेक सबै आमन्त्रित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, कारबाहीमा परेका ११ जनाबाहेक सबै आमन्त्रित

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरूलाई पनि डाकिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘महाधिवेशन आयोजक कमिटीको बैठकमा सबै नेताहरूलाई खबर गरिएको छ ।’

तर, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई भने बोलाइएको छैन। अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका थिए।

एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले अझै पनि पार्टी एकताको पक्षमा जोड गरिरहेको बताएका छन्। आजको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे  टुंगो लगाउन सकिने भनाइ नेम्वाङको छ। 

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरिसकेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend