
बाग्लुङ । मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनीका प्रतिनिधिमाथि ठगीको आरोप लागेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ-अक्षते खण्डको ठेकेदार कम्पनीका प्रतिनिधिमाथि ठगीको आरोप लागेको हो ।
काठमाडौंको बानेश्वरमा रहेको सिद्धिसाई कन्स्ट्रक्सन कम्पनीले उपल्लाचौरदेखि अक्षेते-बिहुँसम्मको १३ किलोमिटर सडकखण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभीले दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता भएको थियो । उक्त कम्पनीका प्रतिनिधिभाथि ठगीको आरोप लागेकोे हो ।
करिब नौ महिना अगाडि काठमाडौंका विनोद रुवालीको स्वामित्वमा रहेको ना ८ ख ९८३, ना ८ ख ९८४ र ना। ८ त ३७६३ नम्बरको ट्रिपर र ट्रयाक्टर भाडामा लिएको र ट्रिपरको मासिक एक लाख ५० हजार भाडा र ट्रयाक्टरको ६५ हजार भाडाको रकम गरी करिब दश लाख रुपैयाँ आफूले लिन रहेको र कम्पनीका प्रतिनिधि सम्पर्कमा नआएको उनले बताए ।
सिद्धिसाई जेभी कम्पनीका प्रतिनिधिसँग मिति २०७७ साल पौष ९ गते आफूले आफ्ना सामग्री दिने भनेर कागज गरेको र केही समयमा उनले कागजमा उल्लेख गरे अनुसार दुई टिपर र एक ट्रयाक्टर आफूले भाडामा दिएको उनले बताए ।
भारत कस्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सन जेभीको तर्फबाट कम्पनीका प्रतिनिधि नवराज रावलले कागजमा हस्ताक्षर गरेको उनले बताए ।
उनका अनुसार सम्झौतामा उल्लेख भएनुसार पैसा तिर्ने समय अवधी एक महिना अगाडि नै पुगिसकेको छ । तर ठेकेदार कम्पनीले विभिन्न बाहाना बनाएर आफुलाई पैसा नदिएर आफु पैसा उठाउनका लागि हेटौँडाबाट बागलुङ आएको रावलीको भनाइ छ ।
आफ्नो रकम उठाउनका लागि मात्रै हेटौंडाबाट बागलुङ आएका उनले बताए । ‘म हाल उक्त कम्पनीको हकमा रहेको सामान उठाउनका लागि आएको हुँ, तर, लोकमार्गको काममा अबरोध गर्न हुन्न भन्ने विवेकले प्रहरी र मिडियाका साथीलाई गुहारेको छु,’ उनले भने ।
सिद्धिसाई कन्स्ट्रक्सनका प्रतिनिधी शिवप्रसाद लामिछानेले आफूलाई दश लाखको बारेमा केही थाहा नभएको बताएका छन् । पहिले आफू आउनु अगाडि कम्पनीका प्रतिनिधी नवराज रावलले बदामासी गरेको हुन सक्ने उनको आरोप छ ।
‘म बागलुङ आउनु अगावै पूर्व प्रतिनिधिलाई हिसाब–किताब गर्न भनेको थिएँ, तर उहाँहरुले जानाजान हो या अन्जानमा हो हिसाब देखाउनु भएन’, उनले भने, ‘उहाँले मलाई दिएको लेनदेनको हिसाबमा दश लाखको हिसाब छैन ।’
दश लाख रुपैयाँ ठगी भएको हुनसक्ने तर हिसाब नदेखाउनाले आफूलाई फसाउन खोजिएको पनि उनी सक्ने उनको भनाइ छ ।
त्यसैगरी, उपल्लाचौरमा रहेको दिपा होटलका सञ्चालक कृष्ण कार्की पनि आफ्नो होटलमा सिद्धिसाई कस्ट्रक्सनका प्रतिनिधिले २०७५ देखि खाएको खानाको पैसा अझैसम्म पनि नदिएको बताए ।
आफ्नो मात्र नभई विभिन्न ग्यारेज तथा अन्य होटलमा पनि प्रतिनिधिले यस्तै गर्ने गरेको उनको भनाइ छ । हाल दश लाख ठगीको आरोप लागेका सिद्धिसाई कस्ट्रक्सन जेभीका प्रतिनिधि नवराज रावल सम्पर्कमा छैनन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend